www.tandavnews.com
Fact ~ In search of truth

कमला गैरेको ‘सुन्तला’ सार्वजनिक

पोखरा,

ताण्डव न्युज। 

लोक दोहोरी गायिका कमला गैरेले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

‘सुन्तला’ नामक गीतमा तेजश रेग्मी र कमला गैरेको आवाज रहेको छ । गीतलाई तेजश रेग्मीले शब्द-लय सिर्जना गरेका हुन् । गीतमा आशिष अविरलको एरेन्ज रहेको छ । मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा गायक तथा मोडल रामजी खाण, रविना मिजार र विन्दु सुन्दौलीको अभिनय रहेको छ ।

करन चैसिरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको भिडियोलाई कामना डिजिटलको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । उक्त गीतबाट गायिका कमला गैरेले निकै आशावादी रहेको सुनाइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.