पोखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज ।
पोखरा नागढुङ्गामा रहेको ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट प्रालि मेनपावरले देउबहादुर श्रेष्ठको सम्पुर्ण रकम फिर्ता गरेको छ ।
६ महिना अघि कतार लैजाने भन्दै ग्लोबल मेन पावरले श्रेष्ठसँग १ लाख ६० हजार रुपैयाँ र पासपोर्ट लिएपनि अझैँसम्म नपठाएको भन्दै पीडितले सुरक्षित आप्रवासन परियोजना सूचना तथा परार्मश केन्द्र परियोजना (सामी) कास्कीमा उजुरी दिएका थिए ।

(सामी) कास्कीको सहयोगमा ताण्डव न्यूजले यसबारे जेठ २३ गते समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन गरेपछि उक्त मेनपावरका सञ्चालक राम थापा सामी परियोजना कास्की संयोजक माया गुरुङ र ताण्डव न्यूजको सम्पर्कमा आएर सोही दिन पहिले एक लाख रुपैयाँ रकम फिर्ता गरेका थिए ।
संचालक थापाले बाँकी ६० हजार र पासपोर्ट एक हप्ता भित्र फिर्ता गर्ने प्रतिबद्धता स्वरुप सामी परियोजना कास्की संयोजक माया गुरुङलाई दुई दिन अघि कार्यालयमा गई सो रकम र पासपोर्ट फिर्ता गरेका थिए ।
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री (अधिकारी), सदस्य तोरण बानियाँ, सामी परियोजना संयोजक माया गुरुङको रोहवरमा पीडित श्रेष्ठलाई अाज (साेमबार) रकम हस्तान्तरण गरियो ।

यो पनि पढ्नुहोस्
ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट मेन पावरको ठगी
ताण्डव प्रभाव : ग्लोबल मेनपावरले फिर्ता गर्यो श्रेष्ठको रकम
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.