www.tandavnews.com
Fact ~ In search of truth

कर्णलीका शेखर र गण्डकीका बन्दनालाई राष्ट्रिय एकल लोकनृत्यको उपाधि

लोक सस्कृतिलाई संरक्षण गर्नुपर्छ : अर्थमन्त्री गुरुङ

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिताको उपाधि कर्णलीका शेखर घर्ति मगर र गण्डकी प्रदेशकी बन्दना घर्ति मगरले जितेका छन् ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा आईतबार सम्पन्न प्रतियोगिताबाट पुरुष र महिला तर्फ दुबैले ७ प्रदेशका प्रतिनिधित्व गरेका ७/७ प्रतियोगिहरुलाई पछि पार्दै घर्ति द्वयले उपाधि जितेको हो ।

उपाधिसँगै पुरुष तर्फका बिजेता शेखर र महिला तर्फ बिजेता बनेका बन्दनाले समान १ लाख १ हजार १ सय १५ रुपैया हात पारे । त्यस्तै पुरुषतर्फ दोस्रो बनेका २ नम्बर प्रदेशका प्रितम सम्बाहम्फेले ५० हजार ५ सय १५ प्राप्त गरे भने तेस्रो बनेका ५ नं प्रदेका दिल बहादुर सुनार र सान्त्वना स्थान हासिल गरेका गण्डकी प्रदेशका हिरा बहादुर गुरुङले क्रमश २५ हजार ५ सय १५ र १५ हजार ५ सय १५ हात पारे ।

त्यस्तै महिला तर्फको द्धितिय बनेका ५ नं प्रदेशका अंशु कुँवर, तृतीय स्थान हासिल गरेका ३ नं प्रदेशका रबिता मगर र सान्त्वना बन्न सफल कर्णाली प्रदेशका बिपना मगरले क्रमश ५० हजार ५ सय १५, २५ हजार ५ सय १५ र १५ हजार ५ सय १५ रुपैया प्राप्त गरे ।

प्रतियोगितामा बिजेताहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ तथा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. पुर्णबहादुर ह्योल्मो लगायतले पुरस्कार बितरण गरे । सो अवसरमा बोल्दै मन्त्री गुरुङले लोक संस्कृति सबैको साझा सम्पत्ती भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले नेपालको सुन्दरतालाई उत्तरी भेगमा रहेको हिमाल तथा तराईमा रहेको निकुञ्जले मात्र नसिगारेको बताउदै मुख्य रुपमा बिभिन्न जाति समुदायको संस्कार संस्कतिको भुमिका अतुलनिय रहेको औल्याए ।

उनले प्राकृतिक रुपमा हिमश्रृङ्खला ताल तलैया तथा झरनाको बरदान नेपाललाई मिले पनि बिभिन्न जातिका लोक संस्कृतिले थप महत्व थपेको उल्लेख गरे । उनले उक्त प्रतियोगिताबाट सातै प्रदेशको दर्जन बढि जाति समुदायको नृत्य हेर्न पाएको भन्दै त्यस्तो प्रकारको लोकनृत्यको संरक्षणमा सरोकारवालाहरुले बिशेष ध्यान दिन समेत सुझाएका थिए ।

सोही कार्यक्रमका बिच बिराटनगर कटारी २ का वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियार(सुनाम) लाई बिगत ५ दशकदेखि लोकनृत्यमा विशेष योगदान पुर्याएको भन्दै नगद  २५ हजार  रुपैयाँ दोसल्ला तथा सम्मानपत्रद्वारा प्रतिष्ठानले सम्मान समेत गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.