www.tandavnews.com
Fact ~ In search of truth

तीज गीत ‘सारी’ मा सन्तोष र पूर्णिमाको ठुम्का

पोखरा,
ताण्डव न्युज ।

हरितालिका तीज आउन एक महिना बाँकी छ । तीजको लागि भनेर धेरै गायक गायिकाहरुले गीत निकाल्ने गर्छन् । तीजलाई लक्षित गर्दै गायिका अनिता पन्त र कविता क्षेत्रीले पनि नयाँ तीज गीत ‘सारी’ बजारमा ल्याएका छन् ।
गीतमा आफ्नो मनपर्ने मान्छेलाईउपहार स्वरुप ‘सारी’ ल्याइदिएको कुरालाई विषयबस्तु बनाइ तयार पारिएको छ ।उक्त गीतमा विकास नेपाली र अनिता पन्तको आवाज रहेको छ । गीतको शब्द दिपक अधिकारीले लेखेका हुन भने सन्तोष सुवेदीले लय सिर्जना गरेका छन् ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा सन्तोष सुवेदी र पूर्णिमा श्रेष्ठको अभिनय रहेको छ । करन चैसिरले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतलाई पोखरा मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.