www.tandavnews.com
Fact ~ In search of truth

पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन (रासस)

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ ५ः५ बजेबाट सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

Batas

ढकालका अनुसार दुईतिरबाट दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् । पानी पर्न रोकिएसँगै पहिरो पन्छाउन सहज बनेको उनले बताए।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समयसमयमा पहिरो जाने समस्या देखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.