www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा दैनिक डेंगुका बिरामी थपिँदै, महिना दिनमै १२१ जनामा देखियो

पोखरा ।
पोखरामा डेंगुको संक्रमण बढ्न थालेपछि चिकित्सकले सजगता अपनाउन आग्रह गरेका छन् । गत साउन १ गते देखि भदौ २ गतेसम्म १२१ जनामा डेंगुको संक्रमण भइसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिए ।

‘अहिले लामखुट्टेको सिजन छ । बर्खायाम पानी जतात्यतै जमेको छ । डेंगु सार्ने लामखुुुुट्टेको विकास भएको छ,’ उनले भने, ‘पोखरा महानगरको ८, ९ यसको डेंगुको कारण अति जोखिम क्षेत्र हो । यि क्षेत्रमा धेरै मोटर ग्यारेजहरु, वर्कसपहरु, थोत्रा टायरहरु अब्यवस्थित फालिएको, कवाडी संकलकहरुको ब्यवस्थित संकलन नगर्दा डेंगु बढेको छ ।’ कवाडी संकलन केन्द्र, टायरहरु अहिले पोखरामा डेंगु सार्ने लामखुट्टेको बासस्थान भएको उनी बताउँछन् । त्यो क्षेत्रमा धेरै खाल्डाखुल्डी र त्यहाँ पानी जम्ने समस्याले पनि समस्या निम्त्याएको डा. गौतम बताउँछन् ।

डेंगुको विरामी दिनानुदिन बढ्न थालेपछि सचेतनाको कार्यक्रमहरु गरिएको उनले जानकारी दिए । ‘अहिले पनि दैनिक पाँच÷सात जना यसको विरामी थपिएकै छन् । यो अबस्था बढ्दै गए भयाभह रुप लिने देखिन्छ,’ उनले  भने, ‘अहिले मेडिकल कजेलका विद्यार्थीहरुको सहयोगमा लामखुट्टेको बासस्थान नष्ट गर्ने, सचेतनाका कार्यक्रमहरु गर्ने गरिएको छ । हामीले पनि समुदायका मानिसहरुसँग भेट्ने यसको बारेमा जानकारी गराउने, कसरी जोगिने भनेर बताएपछि अझै केहि कम भएको छ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.