www.tandavnews.com
Fact ~ In search of truth

१४ बर्षिया बालिका सुनिता १० दिनदेखि बेपत्ता

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ्गकी १४ बर्षिया बालिका ११ दिनदेखि बेपत्ता भएकी छिन् ।

गएको चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न भन्दै खेतमा गएकी सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी छिमेकी टेकनारायण आचार्यले जानकारी दिए । केही सुस्त मनस्थितिकी रहेकी उनी दिउसोमा घाँस काट्न गएकोमा साँझसम्म पनि घर नफर्किएपछि सोही दिनबाटै खोजी शुरु गरिएको भएपनि अहिलेसम्म फेला नपरेकी उनका बुबा महानन्द रिजालले बताए ।

सुनिता बेपत्ता भएको भनी परिवारले प्रहरीमा उनको खोजी गरिदिन भन्दै निवेदन दर्ता गराएका छन । निवेदन परेबाटै उनको हुलियाको आधारमा खोजी शुरु गर्दा पनि अहिलेसम्म उनको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ ।

Batas

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सुनिताको खोजीका लागि जिल्ला भित्रका सबै प्रहरी यूनिट र छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुमा फोटो सहित जानकारी पठाएको तर अहिलेसम्म उनको बारेमा केही पनि खबर नआएको बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.