www.tandavnews.com
Fact ~ In search of truth

‘ड्रिङ्क एण्ड ड्राइभ’ले विरौटामा दुर्घटना निम्त्यायो

पोखरा

ताण्डव संवाददाता ।

पोखरा–१७विरौटामा बुधबार रातिनीजि गाडीले ट्याक्सीलाई ठक्कर दिएको छ ।

Batas

सांग्रिला होटल तिरबाट चोकमाआउदै गरेको ग १ ज ५१५७ नम्बरको ट्याक्सीलाई ग २ च ४८५९ नम्बरको निजि गाडीले ठक्कर दिदा ट्याक्सीमा सवार यात्र घाइते भएका छन् ।

नीजि कारका चालकले मापसे गरेर सवारी चलाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा इन्स्पेक्टर बसन्तकुमार शर्माले ताण्डव न्यूजलाई बताए । ‘नीजिकारको चालकले मापसे गरी चलाएकाथिए’,उनले भने, ‘चालक हिरासतमा छ ।’,घाइतेलाई उपचारको लागिनमस्ते हस्पिटल पु¥याइएको छ ।

छोरेपाटनबाट तीव्र गतिमा आउँदै गरेको नीजि गाडीले ट्याक्सीको बायाँ पट्टीको भागमा मज्जाले ठक्कर दिएको रमा भण्डारीले बताइन् । ‘प्राइभेट गाडी स्पीडमा आएको थियो, एक्कासी ट्याक्सीमा ड्याङ ठोक्यो,’ उनले भने, ‘ट्याक्सीमा भएको मान्छेलाई धन्न केहीभएन ।’

नीजि गाडी चालकलाई बैदामप्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ भने दुबै सवारी जिल्ला ट्राफिक कार्यालयको नियन्त्रणमा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.