www.tandavnews.com
Fact ~ In search of truth

झमेला सहँदै ‘गाजा बाजा’ प्रदर्शनको तयारीमा

पोखरा
ताण्डव संवाददाता

फिल्म निर्माणको क्रममा हरेक किसिमका झमेलाको घटना सुनिँदै आएको विषय हो । फिल्म साइन पछि कलाकारले छोडने, कलाकार निर्माताबीचको झगडा, पारिश्रमिकको झमेला नेपाली फिल्मको लागि सामान्य समस्या हुन् । तो बाहेक केही फिल्म सेन्सर बोर्डको झमेलामा घोषित मितिमा प्रर्दशनमा आउन सकिरहेका छन् ।

दुई वर्ष पहिले निर्माणको तयारी गरेको फिल्म ‘गाजा बाजा’ पनि सेन्सरको निसानी बन्यो । फिल्मको नाममा सेन्सरले आपत्ती जनाएपछि नाम परिवर्तन गर्ने कि अरुनै फिल्म निर्माण गर्ने भन्र्नेमा फिल्म टोली अन्योलमा रह्यो । फिल्मका निर्देशक गणेशदेव पाण्डे भन्छन्, ‘सेन्सरले अचानक इजाजत नदिँदा छाँयाबाट खसेजस्तै भइयो ।’

Batas

पोजेटिभ भाइभले सुरु गर्न लागेको फिल्म सेन्सर पारको प्रोसेस निर्देशक पाण्डेलाई हस्तक्षेपकारी लाग्यो । उनलाई लाग्थ्यो फिल्मका खेल्ने कलाकार स्वतन्त्र भएर खेल्नुपर्छ र स्वतन्त्रले समाज बिग्रन्छ नै भन्ने हुँदैन् । तर, सेन्सरको आपत्तिपछि अदालत पुगेका पाण्डे ढेड वर्ष त्यही रोक्किए ।

‘किन फिल्म निर्माणमा स्वतन्त्रताको हनन गरिएको छ भनेर धेरै बुझ्न खोजियो । हामी लडिरह्यौ । अनुमति माग्दै फिल्म बनाइरह्यौं,’ पाण्डे उबेलाको समय सम्झन्छन्, ‘झन अदालतले पनि फिल्म रोक्दा धेरै कुरा बुझ्न पाइयो । मेरो लक्ष्य भनेको कथा भन्नु थियो अब देखाउने रहर छ म देखाएरै छाड्छु ।’

पाण्डेका बुझाईमा फिल्म बनाउनुनै ठुलो कुरा थियो भने अब फिल्म प्रदर्शन गर्नु रहेको छ । इटालीबाट मगाइएको सिनेम्याटोग्राफरका खिचिएको फिल्म बिना मेकअप र लाइटको प्रयोग भएकोे छैन् । इन्डियन व्याण्डले संगीत भरेको फिल्ममा सबै कलाकार नयाँ छन् । निर्देशक पाण्डेका अनुसार ८० प्रतिशत मान्छे बाटोबाटै उठाएर सुटिङ गरिएको थियो ।

दुई युवा गाँजाको खोजी गर्दै हिड्दा आइपर्ने समस्यालाई फिल्ममा देखाउन खोजिएको उनले प्रस्टाए । एक दिनको मात्र कथा बुनेको फिल्म काठमाडौं वरिपरी छायांकन गरिएको हो । फिल्मका कलाकार अम्मर सुवेदीले धेरै कुरा सिकेको अनुभव साटे । नेगेटिभ भूमिकामा खेलेका कलाकार रविन थापाले पहिलो फिल्मबाट आश गरेको सुनाए ।

झमेला सल्टाउँदै फागुन २५ गते रिजिल हुन लागेको फिल्ममा अनुपम शर्मा, सुसिल सिटौला, बर्षा राउत, रबिन शर्मा, गोपाल अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई निर्देशक गणेश देब पाण्डेको लेखेका हुन् । फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको सयुंक्त लगानी गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.