www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१मा खेलकुद समिति गठनार्थ भेला

पोखरा
ताण्डव संवाददाता

पोखरा लेखनाथ महानगरपालिका–२१ मा खेलकुदको विकासको लागि समिति गठन हुने भएकोछ ।

खेलकुद विकास समिति गठन गर्ने तयारी भई रहेको भलिबलका राष्ट्रिय रेफ्रि नारायणबहादुर भण्डारीले बताए । ‘वडा नम्बर २१ लाई समेटेर हामीले एटा समिति बनाउने सोचमा छौं,’ उनले भने, ‘त्यसको लागि तयारी भई रहेको छ ।’

Batas

फाल्गुन २५ गते, दिउँसो १ः३० बजे, पोखरा–२१ बाँझीपोखरीमा भेला आयोजना गरिएको खगराज न्यौपानेले बताए । ‘भेलामा खेलप्रेमी, संघसंस्थाका व्यक्तित्वहरु र सम्पूर्ण युवाहरुलाई बोलाउने छौं,’ उनले भने, ‘हाम्रो वडामा खेलकुदको विकासको लागि सबै सहकार्य भएर अघि बढ्ने छांै ।’

साथै वडा २१ का सम्पूर्ण युवाहरुलाई भेलामा उपस्थित उनले आग्रह गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.