www.tandavnews.com
Fact ~ In search of truth

चैत १ गतेदेखि पोखरामा मोवाईल मेला

पोखरा।

पोखरा विजनेस कम्प्लेक्सले मोवाइल तथा ईलेक्ट्रोनिक्स मेला गर्न लागेको छ । पृथ्वीचोकमा रहेको कम्प्लेक्सले चैत १ गतेदेखि १० गतेसम्म दोस्रो संस्करणको मेला गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

मोवाईल तथा ईलेक्ट्रोनिक्स क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रर्दशनी र बिक्रिका लागि मेला आयोजना गरिएको संयोजक नवराज बरालले जानकारी दिए । मेलामा २० भन्दा बढी मोवाईल ब्राण्डको प्रर्दशनी गरिनुका साथै नयाँ प्रवधियुक्त ईलेक्ट्रोनिक्स सामाग्रीहरु प्रर्दशनी गरिनेछ ।

Batas

मेला अवधिभर कम्पलेक्समा पुग्ने ग्राहकहरुका लागि पुराना मोवाईलसँग नयाँ मोवाइल साटेफेरको सुविधा, नयाँ मोवाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिने बरालले बताए । मेलामा पुग्ने दर्शकहरुमध्ये दैनिक ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार र मेलाको अन्तिम दिनमा १ जना भाग्यशाली दर्शकका लागि फोर जि स्मार्ट फोन उपलब्ध गराईने उनले जानकारी दिए ।

मेलामा मोटोरोला, सामसुङ, मेईजु, कर्लश, लाभा, ओप्पो, माईक्रोम्याक्स लेनोभो, राईट लगायत ब्राण्डका मोवाईल कम्पनीहरुका स्टलहरु पनि रहने नेपाल मोवाइल डिलर्श एसोसियसनका अध्यक्ष शिवराज पहारीले जानकारी दिए ।

मेलामा ४५ लाख भन्दा बढिको कारोबार हुने र २५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मेलालाई नेपाल मोवाईल वितरक संघ र पोखरा इलेक्ट्रोनिक्स डिलर एसोसियसनको सहयोग रहने मेलाको मोटोरोला मोवाईलले मुख्य प्रायोजन गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.