www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर: मापदण्ड विपरित बनेको संरचना भत्काइयो

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ मा सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको छ ।

समाजले सार्वजनिक बाटो मिचेर आफ्नो भवनको गेट बनाएको एवम् सार्वजनिक नहर कुलोको मापदण्ड विपरित पर्खाल लगाइएको पाइएपछि भत्काइएको महानगरका नगर प्रहरी प्रमुख बसन्त प्रसाद चालिसेले बताए ।

Batas

तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाउँदा आफूलाई मर्का परेको बताउँदै स्थानिय सुभद्रा पौडेलले दिएको निवेदन उपर कारवाही हुँदा उक्त पर्खाल भत्काइएको हो ।

नियमविपरित बनेको संरचना आफै हटाएर कार्यालयमा सम्पर्क गर्न पत्राचार गरिएपनि भीमकालीपाटन तमु समाजले अटेर गरेपछि महानगरप्रमुखले उक्त संरचना भत्काउने निरिक्षण शाखालाई आदेश दिनुभएको हो ।

स्थानीय सुभद्रा पौडेलको करिब पाँच आना जग्गा समाजले लगाएको पर्खालका कारण निकास विहिन बनेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.