
पोखरा
ताण्डव न्यूज ।
पोखरा नागढुंगामा आज बिहान ८ः३० बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार स्याङ्जा आँधीखोला गाउँपालिका निवासी वर्ष २५ का सोभाकान्त पनेरुको मृत्यु भएको छ ।
पनेरु साथ मोटरसाइकलमा सवार पोखरा–२१ निवासी सन्जिप पौडेल गम्भीर घाइते भएका छन् । घाइते पाैडेलकाे उपचार पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा भईरहेको छ ।

पृथ्वीचोक बाट मुस्ताङचोक तर्फ जाँदै गरेको ग१ख ३८७७ नम्बरको पोखरा नगर बसले मुस्ताङचोक बाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग९प २१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डीएसपी नविन कार्कीले बताए ।
नगर बसले लेन मिचेर सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ठक्कर दिने बस र सवारी चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार बसले आफ्नो लेन छोडेर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.