पोखरा
ताण्डव न्यूज ।
व्यवसायीहरुसँग गुण्डागर्दी शैलीमा रकम असुल गरेको आरोपमा असई गोविन्दबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
गुनासो आएपछि बुधबार रातिनै जिल्ला तानेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए ।

‘हामीले राति समाचार हेरे पछि नै कारवाहीको प्रक्रिया अघि बढाएका हौ,’ उनले भने, ‘छानविन हुँदै छ यदि दोषि ठहर भएर कडा कारवाही हुन्छ ।’
प्रहरी चौकी सराङकोटमा कार्यरत असई केसीले प्याराग्लाइडिङ व्यवसायीसँग मान्छे उडाए वापत कमिसन मागेर दुख दिने गरेको भन्दै अग्नी प्याराग्लाइडिङका संचालक करण जङ क्षेत्री ताण्डव न्यूजको कार्यालयमा आएपछि समाचार सम्प्रेषण गरिएको थियो ।
तिन महिना अघि मात्र सराङकोट चौकीको जिम्मा समालेका असई केसीले कमिसन, मोवाईल र अन्य सामग्री नकिन्दिए गाडी रोकिदिने धम्की दिएको अग्नी प्याराग्लाइडिङका संचालक क्षेत्रीले बताएका हुन् ।
क्षेत्री जस्तै धेरैसँग उनले रकम माग्ने गरेको भएपनि व्यवसायीहरु असई केसी विरुद्ध बोल्न डराएका थिए । असई केसीलाई फ्लाइङ हिमालय प्याराग्लाइडिङले समेत कोरियन ब्राण्डको रेन कोट किन्दिएका थिए ।
केसीलाई रकम असुली मात्र होइन प्रहरी संगठनको जिम्मेवारी कुशलतापूवर्क सम्पन्न गर्न नसकेको ओराप समेत लाग्दै आएको छ ।
असई केसीले आफ्नो मातहतका प्रहरीले मापसे गरी होहल्ला मच्चाउँदा आफू अनविज्ञ रहेको भनि तर्क दिएका थिए ।
त्यही गुनासोको आधारमा केसीलाई वडा प्रहरी कार्यालय वगरका प्रमुख तथा इन्स्पेक्टर दुर्गा श्रेष्ठले वैशाख २७ गते लिखित स्पष्टीकरण समेत माग गरेका थिए ।
याे पनि पढ्नुहाेस् ।
गुण्डागर्दी शैलीमा असुली गर्दै असई केसी
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.