www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘गेष्ट हाउस’को नाममा ‘सेक्स हाउस’ चलाउने पक्राउ परे

पोखरा
माधव भुसाल/ ताण्डव न्यूज ।

कास्की प्रहरीले पोखरा ७मा रहेको विशाल गेष्ट हाउसबाट ५ महिला र १ पुरुषलाई शनिबार पक्राउ गरेको छ । उनिहरुले अवैध यौनधन्दा सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीको स्वीप अप्रेसनका बेला उनिहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

Batas

घरेलु मदिरा बरामद

प्रहरीले पोखरा १० र १५ वडामा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेहरुलाई पनि नियन्त्रणमा लिएको छ । मदिरा बनाउन प्रयोग गरिने ४ हजार २ सय पचास लिटर कच्चा पदार्थ समेत बरामद गरेको छ ।

करिब ३ सय ५० लिटर घरेलु मदिरा र भाँडा समेत बरादम गरिएको कास्की प्रहरीले जनायो ।

फरार अभियुक्त पक्राउ

सार्वजनिक अपराधमा संलगन रहेका २ फरार अभियुक्तहरुलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पोखरा २७ बस्ने अनिल कुमार र सन्दीप सुनार रहेका छन् ।

९१ ब्यक्ति,७ ट्याक्सी र मोडीफाइड बाइक

स्वीप अप्रेसनकै क्रममा प्रहरीले विभिन्न अराधिक क्रृयाकलापमा संलग्न ९१ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ । मिटरमा जान नमान्ने ७ ट्याक्सी  र ७  माेडीफाइड  गरिएकाे बाइक नियन्त्रणमा लिएकाे छ ।

लागू औषधसहित १० पक्राउ

कास्की प्रहरीले संचालन गरेको लागू औषध नियन्त्रण महाअभियान अन्तर्गतको कारबाहीका क्रममा विभिन्न लागूऔषध सहित १० जना पक्राउ परेका छन् ।

उनीहरुको साथवाट चरेश ६.२५ केजि , डाईजापाम ५०४ थान, फेनेरागन ५०४ थान ,नर्फिन ५०४ थान ,नाईट्रोसन ११८ चक्कि फेला परेको प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा १८ बस्ने बर्ष २१ को ईश्वर परियार, मकवानपुर पालुङ नपा २ बस्ने बर्ष ६८का कर्ण बहादुर गोले, पोखरा ६ बस्ने बर्ष ४० का लक्ष्य परियार, सर्लाही नवलपुर ७ बस्ने बर्ष ३२ का निरज कार्की, धादिङ निलकण्ठ नगरपालिका बडा १३ बस्ने वर्ष ३७ का सुमन भन्ने कर्ण बहादुर गुरुङ, पोखरा ५ बस्ने बर्ष ३० को दिपेश थापा, भुजुङखोला बस्ने बर्ष २४का अरविन वास्तोला ,पोखरा १८ बस्ने राजेश बिक, पाेखरा २५ हेम्जा बस्ने बर्ष २९ का सन्जिव पुर्जा मगर र नुवाकोट तार्केस्बर गापा ३ घर भई हाल का‍.म.पा माछापोखरी बस्ने बर्ष ४० का जुठे भन्ने बिष्णु परियार छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.