www.tandavnews.com
Fact ~ In search of truth

पाँच वर्षभित्र घान्द्रुकको सडकलाई कालोपत्र बनाइने ः मन्त्री गुरुङ

पोखरा,

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको कार्यक्रम विहीबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित श्री मेश्रम वराह माविको प्राङ्गणमा सुरु भएको छ ।

अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित महोत्सवको प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले गरे ।

Batas

उनले आगामी पाँच वर्षभित्र घान्द्रुकको मोटरबाटोलाई कालोपत्र बनाउने घोषणा गरे । प्रकृति र संस्कृतिले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका समग्र ४ नं. प्रदेशकै धरोहरका रुपमा रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले पर्यटकीय राजधानी बनाउन अन्नपूर्ण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले महोत्सवको प्रथम चरणका क्रममा अन्नपूर्ण आधारशिविर पुगेर समाचार सम्प्रेषण गर्ने पत्रकार एवं सञ्चारकर्मीलाई सम्मान गरे ।

घान्द्रुकको होटल इतिहासमा पहिलो होटल व्यवसायी कप्तान स्वर्गीय कुलबहादुर गुरुङलाई मरणोपरान्त सम्मान गरिएको छ । स्वर्गीय गुरुङका छोरा रेलबहादुरले उक्त सम्मान ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रदेश साँसद राजीव पहारीले जलवायु परिवर्तनले हिमालहरु कालापत्थरमा परिणत भएको र पदयात्रा मार्ग मोटरबाटोले धुलाम्मे भएकोप्रति चिन्ता व्यक्ति गर्दै अन्नपूर्ण क्षेत्रको पर्यटन विकासमा चुनौती थपिए बताए ।

पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवधारणाले रुग्ण पर्यटन व्यवसायको विकास र विस्तार हुने विश्वास व्यक्त गरे ।

महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले महोत्सवबारे प्रकाश पार्दै महोत्सव नाफा आर्जनतर्फ नभई विशुद्ध पर्यटन प्रवद्र्धततर्फ केन्द्रित रहेको जानकारी दिए । उनले महोत्सवको आरम्भपछि अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको बताए ।

उनले अन्नपूर्ण दिवसको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथनलाई आगामी दिनमा निरन्तरता दिइने प्रतिबद्धता गरे ।

अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न गत असोज २५ गते अन्नपूर्ण आधारशिविरमा प्रथम चरणको कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तर्गत गत पुस १० देखि १५ गतेसम्म तमु ल्होसार विशेष कार्यक्रमसहित छोम्रोङमा सम्पन्न भएको थियो ।

महोत्सवको तेस्रो चरण अन्नपूर्ण म्याराथन सहित जेठ २० गते सम्पन्न हुनेछ । जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट बिहान ६ः३० बजेबाट सुरु भई घान्द्रुक आएर समापन हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.