पोखरा
ताण्डव न्यूज ।
पोखरा–२४ पामे कोत्रेको पुल चापाकोट जाने सडक व्यक्तिगत स्वार्थको लागि भत्काइएको छ । परापूर्व कालदेखी स्थानीयले प्रयोग गर्दै आएका स्थानीयलाई वास्ता नगरी स्वार्थकालागि आफ्नो जग्गामा बाटो पार्न पोखराका एक व्यवसायीले भत्काउन लागाएको स्रोतको भनाई छ ।
‘सयौं बर्षदेखी प्रयोग गर्दै आएको मोटर बाटो एक व्यवसायीको स्वार्थको लागि भत्काइएको हो,’ उनले भने, ‘जनप्रतिनिधलाई हातमा लिएर ति व्यवसायीले पुरानो बाटो भत्काएर आफ्नो जग्गातिर बाटो बनाएका हुन् ।’

पूरानो बाटो र नयाँ बाटो दुवै स्थानीय लोकबहादुर केसीको जग्गामा पर्छ । दुई बाटोको लागि जग्गा दिन नसक्ने केसीको भनाई छ ।
‘म पुनारो बाटोको लागि जग्गा दिन पनि मान्छु, नयाँ बाटोको लागि जग्गा दिन पनि तयार,’ उनले भने, ‘तर दुवै ठाउँमा मेरो जग्गा मासेर अनावश्यक बाटो किन बनाउनु प¥यो ?’
पुरानो बाटो व्यक्तिगत जग्गामा भएपनि भत्काउन नमिल्ने स्थानीय नारायणबहादुर अधिकारीले बताए ।
‘चापाकोट गाउँ पञ्चायत हुँदा खुलेको बाटो हो । अहिले बाहिरि व्यक्तिको स्वार्थको लागि भत्काउन मिल्छ ?,’ उनले भने, ‘मनपरि छ, जनप्रतिनिधिले मिलाउनु पर्ने तर कुनै वास्तानै छैन ।’ यस विषयमा वडामा निवेदन समेत दिएको उनले सुनाए ।
‘व्यक्तिगत स्वार्थको लागि स्थानीयलाई दुख दिने काम भएको छ,’ उनले भने, ‘बाहिरी व्यक्तिको स्वार्थको लागि अर्को बाटो बनाउनु उपयुक्त हुदैन । पुरानो बाटो भत्काएर आफ्नो अनुकुल बाटो बनाउन मिल्छ ?’
बाटोको बारेमा विवाद भएको पोखरा–२४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।
‘लोकबहादुरको नाममा रहेको जग्गामा बाटो छ, तर स्थानीयले धेरै वर्ष अघिबाट बाटो प्रयोग गर्दै आएका छन्,’ उनले भने, ‘अहिले दुई ठाँउमा मोटरको बाटो उनकै जग्गाबाट जाने हुँदा विवाद आएको हो । लोकबहादुरले एउटा ठाँउमा मात्र बाटोको लागि जग्गा दिने भनेपछि यस्तो भएको हो ।’
अध्यक्ष सुवेदीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताएका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.