www.tandavnews.com
Fact ~ In search of truth

गैरकानुनी काममा फ्रान्स आर्मी कन्सल्टेसन सर्भिस

पोखरा
ताण्डव न्यूज ।

अमरसिंह चोकमा फ्रान्स आर्मी कन्सल्टेसन सर्भिस छ । कन्सल्टेसनको काम भनेको वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श दिने र प्रक्रियामा सहयोग गर्ने हो । तर, फ्रान्स आर्मी कन्सल्टेसनले फ्रान्स आर्मीमा भर्ना गरिदिने भन्दै रकम लिने गरेको पाइएको छ ।

परामर्श दिने संस्थाले म्यानपावरको काम गर्न नपाउने कानुनी प्रावधान रहेपनि कन्सल्टेसनले कमाउनको लागि गैरकानुनी धन्दा गरेका हो । कन्सल्टेसनले फ्रान्स आर्मीमा भर्ती गरिदिने भन्दै रकम मागेर फिर्ता नदिने गरेको उजुरी परेपछि वास्तविक घटना बाहिर आएको हो ।

Batas

कन्सल्टेनसीले २०७४ साल असोज १ गते दीपक अर्यालसँग फ्रान्स लैजाने भनी एक लाख रुपैयाँ लिएको तर नलगेपछि वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा उजुरी परेको थियो । अचार्यसहित अन्य दुई जनालाई पनि फ्रान्स आर्मीमा भर्ती गरिदिने भन्दै रकम ठगेको उजुरी परेको थियो । स्याङजा घर भएका सन्जिव गुरुङ र कास्कीका रवीखाँण ठकुरीको पनि रकम ठगेको भनी सामीमा उजुरी दिएका थिए ।

उजुरी अनुसार उनीहरुलाई फ्रान्स आर्मीमा वैदेशिक रोजगारको लागि पठाउने भन्दै रकम खाएको खुल्न आएको हो ।

कन्सल्टेनसीका मेनेजर नवराज घिमिरेले विद्यार्थीलाई फ्रान्स पठाउने काम गरेको र फ्रान्स आर्मीमा भर्ती हुन सहयोग गरेको ताण्डव न्युजसँग बताएका थिए । घिमिरेका अनुसार त्यसरी विद्यार्थीलाई फ्रान्स आर्मीमा भर्तीको लागि सहयोग गर्न मिल्ने प्रावधान आफ्नो संस्थालाई रहेको उल्लेख गरे पनि कागजपत्र देखाउन भने सकेनन् ।

‘हामीले विद्यार्थी भिषामा पठाएर फ्रान्स आर्मीमा भर्ती गर्न सहयोग गछौ,’ उनले भने, ‘अहिले हाम्रो प्रमुख सर रामप्रसाद लामिछाने हुनु हुन्न त्यही भएर कागजपत्र देखाउन सकिन्न ।’

शैक्षिक परामर्श दिने संस्थाले म्यानपावरको काम गर्नु गैरकानुनी रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष मिलन तिवारीले बताए ।

‘हामीले कानुनतय काम गर्नुपर्छ, परामर्श दिने संस्थाहरुले वैदेशिक रोजगारका लागि पठाउन मिल्दैन,’ उनले भने, ‘जहाँसम्म फ्रान्स आर्मी कन्सल्टेसन सर्भिसको कुरा त उहाँहरु हाम्रो सदस्य नै हुनुहुन्न । उहाँहरुले गरेको गलत कामको शिक्षा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने छौ ।’

यो पनि पढ्नुहोस्

फ्रान्स आर्मी कन्सल्टेसनले उल्टो धम्काए पीडितलाई

फ्रान्स आर्मी कन्सल्टेसनको ठगि धन्दा (प्रमाणसहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.