www.tandavnews.com
Fact ~ In search of truth

‘व्यवसायको मेरुदण्ड भनेको विश्वास हो’

पोखरा
ताण्डव न्यूज ।

उच्च शिक्षाका लागि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ । यिनै विद्यार्थीलाई लक्षित गरी नेपालभर २ हजार बढी एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा छन् ।

मोफसलमै रहेर १६ वर्षदेखि अनवरत सेवारत संस्था हो किंग्स इन्स्टिच्युट । पोखराबाटै विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीमा थुप्रै विद्यार्थीलाई पठाइसकेको यस इन्स्टिच्युटका प्रबन्ध निर्देशक रश्मी भण्डारीसँग इन्स्टिच्युटको सेवा र यस व्यवसायका बारेमा गरिएको कुराकानी :

Batas

१. व्यवसाय कस्तो हुँदैछ ?

व्यवसाय राम्रो छ । चाप र चुनौती झन् बढेको छ । कारण, यतिखेर उच्च शिक्षाको लागि भनेर क्वालिटी इजुकेसन र क्वालिटी लाइफको चाहनामा विदेशमा पढ्न चाहने युवाहरुको संख्यामा धेरै वृद्धि भएको छ । किंग्समा काउन्सिङ्गमात्रै होइन, टोफेल आइईएलटियस स्याट जिआरई जिम्याट र भिजा प्रिपेरेसन जस्ता कक्षाहरु पनि सञ्चालन हुने भएकाले अझ व्यस्त बनाएको छ ।

डेढ दशकभन्दा अघि स्थापना भएको किङ्गसले स्थापनाको वर्षबाट नै आफ्नो एउटै छतमुन्तिर सबै सेवा दिइरहेको छ । सबै सेवा दिँदा बढ्ने चापलाई किङ्गसको अनुभवी काउन्सिलिङ्ग टिम र टिचिङ फ्याकल्टीले व्यवस्थापन गरिरहेको छ ।

२. कस्तो सेवा प्रदान गर्नु भएको छ जसले गर्दा तँपाईको इन्स्टीच्युट नै खोजेर विद्यार्थी आउँछन् ?

कुनै पनि व्यवसायको मेरुदण्ड भनेको विश्वास हो । गण्डकी प्रदेशमा विद्यार्थी अभिभावकको माझमा किङ्गस एउटा लोकप्रिय नाम हो । यो सजिलै बनेको नाम होइन । १५ वर्षभन्दा ज्यादा अवधी किंग्सले विद्यार्थीको एउटा सहयात्री र मार्गदर्शक बनेर काम गरिरहेछ ।

किंग्स सुरु हुँदा पोखरामा हातको औँलामा गन्न मिल्ने संख्यामा स्टडी एब्रोडको काम गर्ने इन्स्टीच्युटहरु थिए । अहिले गण्डकी प्रदेशमा र विशेष पोखरामा इन्स्टीच्युटहरुको संख्यामा २० गुणाले बृद्धि भएको छ । बजार कहिल्यै पनि स्थिर हुँदैन । उतार चढाब आईरहन्छ । अझ हाम्रो व्यवसाय यस्तो छ कि नेपालको स्थितीभन्दा पनि विदेशको स्थिती र त्यहाँको शिक्षा र भिजा नीतिले सिधा असर गर्छ ।

केही वर्ष अगाडि युके र आयरल्याण्डजस्ता मुलुकमा पढाईको लागी आवेदन दिएका विद्यार्थीहरुले न भिसा पाए न ट्युसन फि नै रिफण्ड भयो भन्ने घटना हामीले सुनेकै हौँ । यो प्रकरणले सेवाप्रदायकलाई त गाह्रो भयो भयो, सेवाग्राही विद्यार्थी अभिभवाकलाई झन् धेरै गाह्रो भयो । सुनवाई गर्ने निकायसमेत नपाएर छटपटिनु प¥यो । सरकारी नीति धेरै सवालमा अष्पस्ट छ ।

यी सबै समस्याबाट बच्नको निमित्त विद्यार्थी अभिभावकहरु आफूलाई सबै हिसाबले सही सूचनाको साथमा सुरक्षित र सुनिश्चित गराउने कन्सल्टेन्सीको खोजीमा हुन्छन् । उनीहरुको लागी किंग्स एउटा भरपर्दो नाम हो । किंग्सले सुरुबाटै करिअर काउन्सिलिङ्गमा जोड दियो जब कि मार्केटमा अझै पनि एडमिसन र भिजा काउन्सिङ्गको बिगबिगी छ ।

अभिभावकको क्षमता के छ र विद्यार्थीको इच्छा केमा छ, त्यता वास्ता नगरी फटाफट अप्लाई भटाभट भिजातर्फ किंग्स कहिल्यै केन्द्रीत भएन ।

३. विदेश पढ्न गएका धेरै जसो विद्यार्थीहरु कुन कुन समस्याबाट गुज्रिएको पाउनु भएको छ ? समस्याको समाधान गर्न के गर्नुपर्ला ?

हामी भिजापछि पनि विभिन्न माध्यममार्फत् विद्यार्थीको निरन्तर सम्पर्क र सम्बन्धमा हुन्छौँ । गाह्रो भनेको नेपालबाट अप्लाई गर्न र भिजा पाउन हो ।

भिजापछि आफूले रोजेको विषयमा पढाई अगाडि बढाउन र सबै अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रदान गरिएका विभिन्न अवसर र सुविधा उपभोग गर्न कुनै गाह्रो हुँदैन । ती देशहरु सिस्टमले चलेका देश हुन् । खाचो मेहेनत र इमान्दरीको हो । त्यहाँ पुगेको केही समयपश्चात् विद्यार्थी आफैपनि धेरै जानकार भई सकेको हुन्छन् । विद्यार्थी फोकस हुने भनेको पढाईमा नै हो ।

राम्रो पढाईले अवसरका सबै ढोका खुल्दै जान्छन् । पढ्ने विद्यार्थीलाई विदेशमा पछि फर्केर हेर्नु पर्दैन । अहिले सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु गईरहेको देश अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले देखाएको रेकर्ड धेरै राम्रो छ । नेपालीलाई त्यहाँ अनुशासित, इमान्दार र मिहिनेती विद्यार्थीको रुपमा लिइन्छ । भिजा प्राप्त गरेपछि एअरपोर्ट पिकअप, एकोमोडेसन र अन्य विभिन्न आवश्यकीय सुविधाको व्यवस्थापनमा हामीले पलपलमा ध्यान दिन्छौँ, उनीहरुको नियमित सम्पर्कमा रहन्छौँ ।

अहिले त युके, अमेरिका र अष्ट्रेलियाजस्ता देशमा नेपाली समुदायको संख्या व्यापक छ । नेपाली विद्यार्थी पहिला–पहिला हुने गरेका धेरै झण्झट, असुविधा र सूचनाको ग्याप अहिले न्यून भएको छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै सही सूचना हो । जे छ त्यही यथार्थ विवरण र वस्तुस्थिती, विद्यार्थी र अभिभावकलाई बताउने हो भने पछि कुनै समस्या आउँदैन ।

गलत सूचना, पैसामुखी आश्वासन र कपोलकल्पीत सपना देखाउँदा समस्या झन् बढ्छ, कन्सल्टेन्सीप्रतिको विश्वास घटेर जान्छ ।

४. कुन कुन देशका विश्वविद्यालयसँग समन्वय गरी काम गर्नुभएको छ?

हामीले मुख्य काम गर्ने कलेज तगा विश्वविद्यालय भएका देशहरु अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत र जापान हुन् ।

अन्य देशको बारेमा पनि बुझ्न आउनेलाई हामी हाम्रो अनुभव र अध्ययनको आधारमा परामर्श दिने गर्दछौँ । जापानमा अध्ययनको लागि परामर्श र जापानी भाषाका विभिन्न चरणका कक्षा हामीले विगत ३ वर्षदेखि सुरु गरेको पछिल्लो सेवा हो ।

५. विद्यार्थीका लागि कस्ता शैक्षिक कार्यक्रमहरु अफर गर्नु भएको छ ?

यो संस्थाको संस्थापक महेश भण्डारी सँधै भन्नु हुन्छ कि कन्सल्टेन्सी आउँदा विद्यार्थीलाई कलेज आएको फिल हुनुपर्छ । किंग्समा विद्यार्थीलाई सेल्फ स्टडीको लागि सबैभन्दा बृहत् पुस्तकालय छ । इन्स्टीच्युटमा अतिरिक्त स्टडीको लागि पुस्तकालय हुनुपर्छ भन्ने मान्यता हो ।

विद्यार्थीहरु आफ्नो क्लास टाइमको अघि वा पछि सेल्फ स्टडीको लागि घण्टौँ बसेर पढ्छन् । पोखराको पुरानो र अनुभवी कन्सल्टेन्टी भएको हुँदा विद्यार्थीले किंग्सबाट पाउने सूचना र सल्लाह अथेन्टिक र एक्युरेट हुन्छ । अन्य डिसकाउन्ट, फ्रि जस्ता अफरहरु किंग्सले कहिल्यै पनि प्रदान गर्दैन ।

५. राम्रो खालको विद्यार्थी छ तर आर्थिक अभावको कारणले विदेश पढ्न जान सक्दैन भने तपाईको इन्स्टीच्युटले त्यस्तो विद्यार्थीलाई के सहयोग गर्न सक्छ ?

अहिलेको भिजा प्रकृया सबैको लागि उत्तीकै अवसर दिने खालको छ । अमेरिका यस्तो देश हो जहाँ अण्डर ग्राजुयट विद्यार्थीको अक्याडेमिक एचिभमेन्ट र स्याट स्कोरको आधारमा फुल स्करलसिपसमेतको व्यवस्था उपलब्ध हुन्छ । अमेरिकाको चर्चित एमआइटी जस्तो विश्वद्यालयमा हाम्रो आधा दर्जन विद्यार्थीले एड्मीसन पाएर पढेका छन् ।

त्यहाँ एड्मीसन पाउनु भनेकै फुल स्कलरसिप पाउनु हो । एमआईटी यस्तो विश्व विद्यालय हो जहाँ नोबेल प्राइज वीनरहरुले अध्यापन गराउँछन् र ५० लाख भन्दा ज्यादाको इजुकेसन विद्यार्थीले निशुल्क पाउँछन् । त्यो अवसर प्राप्त गर्नको लागि विद्यार्थीको शैक्षिक उपलब्धी राम्रो हुनु प¥यो र टोफेल र स्याट जस्ता तयारी कक्षाको पढाइ राम्ररी गर्नु प¥यो ।

तर, तयारी कक्षा लिनमै अल्छी गर्ने विद्यार्थीलाई कुनै कन्सल्टेन्सीले अर्को कुनै औषधी पिलाउन सक्दैन । तर, मिहिनेत गर्ने स्मार्ट र योग्य विद्यार्थीलाई डलरमा छात्रवृत्ति पाउनको लागि कसैको सिफरिश, तोकआदेश र भरपाई चाहिँदैन । नेपालजस्तो विकासशील देशका विद्यार्थीको लागि यो सुनौलो अवसर हो ।

यो अवसर सकभर धेरैभन्दा धेरैलाई मिलोस् भनेर किंग्सले आफ्नो क्षमता, नेटवर्क र अनुभवलाई प्रयोग गर्छ । हामीले अस्ट्रेलियास्थित विभिन्न कलेज र युनिभर्सिटीबाट समेत विद्यार्थीहरुलाई ६० प्रतिशतसम्मको स्करलरसिप उपलब्ध गराएका छौँ । प्रोसेसमा आई सके पछि विद्यार्थीलाई किङ्गसमा आवद्ध हुनुको गर्व मिल्छ । आवश्यक सूचना र सही सल्लाह जस्तो अमूल्य चिज करिअरको लागि अर्को केही हुँदैन ।

६. अन्तमा विद्यार्थी अभिभावकलाई के सुझाव दिनुहुन्छ ?

सेवाप्रदायकहरुको संख्या बढेको छ । बजार ठूलो छ । प्रतिस्पर्धा अस्वस्थ छ । भ्रम र अन्यौल हुने भनेको सेवा ग्राहीलाई नै हो । करिअर काउन्सलिङ्गलाई भ्रममा नपर्नु होला ।

आकर्षक विज्ञापन, लोभलाग्दो अफर र क्षणीक आश्वासनको भर पर्दा जिन्दगीको करिअर बिग्रन्छ, अभिभावकको लगानी खेर जान्छ । क्वान्टीटी, अफर र फ्री लेखिएका विज्ञापन र तुलको पछि नलाग्न होला । क्वालिटी, कमिटमेन्ट र सक्सेस पढेर राइट इन्स्टिच्युट चुज गर्नु होला ।

७. सफलताको लागि के चाहिन्छ ?

सफलताको लागि ३ चिज चाहिन्छ । ती ३ वटै चिजलाई शब्दकोशले एउटै शब्द दिएको छ– विश्वास, विश्वास र विश्वास ।

फोटो : जक्सन डटकम

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.