www.tandavnews.com
Fact ~ In search of truth

सांसद थापाले सार्वजनिक गरे विकासका योजना

पोखरा
ताण्डव न्यूज ।

प्रदेश नं २ (१) का नेकपाका सभासद कृष्ण थापाले आर्थिक बर्ष २०७५/७६ का लागी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार तर्फ परेका योजनागत बजेट सार्वजनिक गरेका छन् ।

गण्डकी प्रदेश सरकारबाट करिब बाटो, खानेपानी लगायतका भौतिक संरचना निर्माणमा करिब १० करोड विनियोजन भएको उनले बताए । ‘चाहे जस्तै सबै योजना पाएका छैनौं , सकभर साना योजना भन्दा पनि दिर्घकालिन रुपमा क्षेत्रको बिकासमा सहयोग पुग्ने योजनालाई प्राथमिकताका राखिएको छ’ , उनले भने ।

Batas

सह लगानीमा आँखा हस्पिटललाई ४० लाख बिनियोजन गरेको उनले बताए ।

मुस्ताङचोक–बिरौटा–हिमालयन आँखा अस्पताल हुदै बुढिटार सम्मको बाटो ४ लेनको सडक निर्माणका लागी ५० लाख बिनियोजन गरिएको छ ।

जनचेतन–चिलौने खर्क बासबानी सडकलाई ५० लाख , दोपौरी–माझगाउँ हुदै तप्रेक सडकलाई कुल ५ करोड बिनियोजन भएको छ ।

यस्तै फुस्रेखोला करिडोरका लागी ५० लाख , सुनार डाँडा–चाँपको रुख सडक ५० लाख , सुरौदी खोला नियन्त्रण २० लाख , वडा नं १५ र ७ लाई जोड्ने मितेरी पुलका लागी ७५ लाख , भरतपोखरी ट्युवेल सिचाँइ ७५ लाख ,उपल्लो फुनि लिफ्ट सिचाँई योजनालाई २० लाख बिनियोजन गरिएको छ ।

‘मेरो क्षेत्रमा एक योजना जुधेको थियो, कुल एक करोडलाई परिर्वतन गर्नका लागी माग गरेको छु ‘ उनले भने ‘सो रकमबाट वडा नं १५ मा पर्यटन पार्कका लागी २५ लाख , सोही वडामा रहेको एसओएस बालग्रामको लागी सहलगानीमा १० लाख , वडा नं ७ गैरीखेतको लागी २५ लाख , वडा नं १७ मा खानेपानीका लागी ४० लाख माग गरेको छु ।’

उनले केन्द्र , प्रदेश र महानगरको तर्फबाट आफ्नो क्षेत्रको बिकासका लागी करिब ६० करोड बिनियोजन हुने विश्वास व्यक्त गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.