पोखरा
ताण्डव न्यूज ।
पोखरा सभागृहमा रहेको मिड टाउन ग्यालेरिया इभेन्ट म्यानेजमेन्ट टिमको आयोजनामा जुम्बा सोसियल्स एट् मिड टाउन आजदेखि सुरु भएको भएको छ । जुम्बामा आवद्धहरुलाई समाजमा परिचित गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

सुरु भएको प्रतियोगितामा ११ जुम्बा टिम सहभागी छन् । एक टिममा ५ जना रहेका छन् । सबै टिमले आज (शनिबार) मिड टाउन ग्यालेरियामा आफ्नो प्रस्तुति दिए ।
उनिहरुको प्रस्तुतीलाई अगस्ट ६ गते फेसबुकमा राखिने छ । फेसबुकमा राखिएका भिडियो मध्ये , जुन समूहको प्रस्तुतिले धेरै लाइक र सेयर पाउँछ त्यो नै विजयी हुनेछ ।
यसकालागि ‘Zumba Socials at MidTown Galleria’को फेसबुक पेजमै लाइक र सेयर हुनुपर्ने इभेन्ट कोओर्डिनेटर सुस्मीता गुरुङले बताइन् । अन्य पेज वा एकाउन्टबाट प्राप्त भएको सेयर र लाइक मान्य नहुने उनको भनाई थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.