www.tandavnews.com
Fact ~ In search of truth

टानको अध्यक्षमा भुजेल निर्वाचित (कसले कति मत पाए हेर्नुहोस्)

पोखरा
ताण्डव न्यूज ।

पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान)पोखराको आज शनिबार सम्पन्न १५ औं अधिवेशन एवं २५ औं साधारसभाबाट हरि भुजेल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

भुजेलले ६४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी भोज कुमार श्रेष्ठले ५३ मत प्राप्त गरे ।

Batas

निर्वाचनबाट प्रथम उपाध्यक्षमा शुसिल पौडेल(६३), द्वितीय उपाध्यक्षमा धर्मराज पन्थी (५३), सचिवमा जीवनराज सापकोटा (५२), कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य (८१), सहसचिवमा उदय सुवेदी (६९) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा प्रकाश बस्ताकोटी (८६), राधिका पौडेल (७२), विश्वहाङ राई (७२), कालिबहादुर नेम्वाङ (७१), विकास गुरुङ (६९), रेशम अधिकारी (५५) विजयी भएका छन् ।

याे पनि पढ्नुस् । 

टानको चुनावी सरगर्मी बढ्दै

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.