पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका–२७, अर्चले सडक खण्ड स्थित खोलाको डिल भन्ने स्थानमा एक बालक मृत अवस्थामा भेटिएका छन् ।
आज दिउँसो १ बजेको समयमा पोखरा–२६, घैटेको खोर बस्ने ४ वर्षीय अजित गुरुङको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घर नजिकै खास्टे तालबाट बगिरहने गडुवा खोलो भएकाले खेल्ने क्रममा खोलामा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।
खोलाबाट उद्दार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइए पछि गुरुङलाई अस्पतालले मृत प्रमाणित गरेको हो ।
घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय शिसुवाका इन्स्पेक्टर किरण रावतले ताण्डव न्यूजलाई बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.