www.tandavnews.com
Fact ~ In search of truth

प्रविधिको प्रयोगले समातिए चोर…

पोखरा,
ताण्डव न्यूज ।

चोरले जेठ २४ गते घरबाट समान चो¥यो । घरबाट करिब ७ तोला सुनका गहना, ४ थान घडी, ३ थान ट्याव, ४ थान मोबाइल, ४५ हजार नगद लगायतका सामान चोरी भएपछि पोखरा–६ घर भएका शिवराम बरालले वडा प्रहरी कार्यालय वैदाममा उजरी दिए ।

वैदाम प्रहरीले घटना वारे अनुसन्धान थाल्यो । त्यहाँ मात्र होइन अन्य ठाउँमा पनि चोरीको घटना भइरहेको थियो । प्रहरी चोरको खोजीमा लागि रहेकै थियो । प्रहरीले पटक–पटक भन्दै आएकै कुरा हो कि चोरीको घटना हुन नदिन र नियन्त्रण गर्न स्थानीय स्वयंकै ठूलो हात हुन्छ ।

Batas

नभन्दै यस्तै भयो यो घटनामा । शिवको घरमा अन्य समानसँगै ट्याबपनि चोरी भएको थियो । शिवका छोरा सुराग बरालले त्यो ट्याबमा ‘फाउन्ड माई डिभाईस’ एप राखेका थिए । सुरागले चोरी भएपछि घरबाट त्यो डिभाईसको लोकेसन हेर्न प्रयास गरे । तर लोकेसन अफ थियो ।

चोरी भएको ३ महिनापछि भदौ २३ गते त्यो ट्याबमा प्रयोग गरिएको वाईफाईको युजर नेम सुरागले पत्ता लगाए । चोरलाई दिनरात नभनी खोज्दै हिडेको प्रहरीलाई त्यति भएपछि घटना किनार लगाउने पक्का भयो । कास्की प्रहरीको एक टोली थप अनुसन्धानको लागि अघि बढ्यो । त्यो इन्टरनेट कम्पनीको सहयोगमा लोकेसन थाहा भयो ।

पोखरा–२ बागलुङ बसपार्क बस्ने १९ वर्षीय बिकेस केसीलाई प्रहरीले पक्राउ ग¥यो । त्यसलगत्तै लक्ष्मण केसीलाई पनि कास्की प्रहरीले पक्राउ ग¥यो ।

त्यतिमात्र होइन उनीहरुले चोरेको सामसुङको ट्याब पोखरा–१८ बस्ने तारानाथ परियारले खरिद गरेको थाहा भएपछि उनलाई पनि अनुसन्धानका लागि थुनामा राखिएको छ ।

चोरिएका सुनका गहना डिकमा राखी लागुऔषध, पैसा दिने गरेकी नालामुख बस्ने ३३ बर्षीय मञ्जु केसी पनि अनुसन्धानका लागि थुनामा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

याे पनि पढ्नुहाेस्

कास्कीका विभिन्न स्थानमा चोरी गर्ने गिरोह पक्राउ (नाम/घटनाक्रम सहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.