www.tandavnews.com
Fact ~ In search of truth

अन्जली, बिनिता र कमलले चोरेका थिए जनएकता सहकारी

पोखरा, ताण्डव न्यूज ।

पोखरा–८ सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गर्नेहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । असोज १ गते राती सहकारीबाट ९ लाख रुपैया चोरी भएको थियो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ रामबजार बस्ने वर्ष २० की अन्जली गुरुङ, पोखरा ७ एयरपोर्ट बस्ने वर्ष २२ की बिनिता गुरुङ र
पोखरा ६ गौरीघाट बस्ने वर्ष १८ का कमल ठगुन्ना रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ५लाख ३८ हजार ८० रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Batas

सहकारीको सटर फोटेर भित्र पसी टेवलको घर्राबाट उनिहरुले रकम चोरेका हुन् । सहकारीले सामान्य सुरक्षा नअपनाएको हुनले पनि सजिलै चोरी भएको थियो ।

आर्थिक कारोबार गर्ने संस्थाले सामान्य सुरक्षा नअपनाउदा ठूलो घटना भयो शेयर सदस्यले बताए । ‘अहिले चोर समातियो भनेर हुन्छ र ?,’ उनले भने, ‘सहकारीले अपनाउनु पर्ने सुरक्षा नअपनाएको हुनाले चोरी भएको हो ।’

यो पनि पढ्नुहोस्

जनएकता सहकारीकै चरम लापरवाहीका कारण चोरी

जनएकता सहकारीमा चोरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.