www.tandavnews.com
Fact ~ In search of truth

प्रथम मिडिया कप भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा,
ताण्डव न्यूज ।

पोखरा केभसिटि प्रालीले आयोजना गरेको ‘प्रथम मिडिया कप भलिबल प्रतियोगिता–२०७५’ को तयारी पुरा भएको छ ।

शुक्रबार र शनिबार पोखरामा हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको कार्यक्रम संयोजक बिजन अधिकारीले जानकारी दिए ।

Batas

नेपालमा पहिलो पटक मिडियाकर्मीका बिच गरिएको प्रतियोगिता स्वास्थ्य र सद्भावका खातिर आयोजना हुन लागेको प्रबन्ध निर्देशक भिम थापाले बताए ।

‘प्रतियोगिताले मिडियाको माध्यमबाट समाजलाई अघाडि बढाउन मद्दत पुग्छ,’ उनले भने, ‘खस्कदो भलिबलको स्तरउन्नती र मिडियाकर्मीका बीचमा थप आत्मियताको समेत विकास गर्नेछ ।’

प्रतियोगितामा प्रथम पुरस्कार नगद ३५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रालिका अध्यक्ष दुर्गा प्रसाद आचार्यले जानकारी दिए । उपबिजेतालाई नगद २२ हजार २ सय २२ साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहनेछ ।

सहभागी टिमहरुलाई प्रोत्साहन तथा सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगीता पोखरा महानगरपालिका तथा अमेरीकामा बस्दै आएका कृष्ण सुनारको विशेष सहयोग, पोखरा महानगरपालिका वडा नं १६ र १९ को सहयोग, जिल्ला भलिबल संघ कास्की, भलिबल ट्रनिङ सेन्टर कास्की र राष्ट्रिय माविको प्राविधिक सहयोगमा सम्पन्न गरिने छ ।

असोज १२ गते विहान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुबीच संचारकर्मीहरुको मैत्रीपुर्ण खेल समेत समावेश गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.