www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा गैँडा संरक्षणका लागि फुटबल

नवलपरासी ।

एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । प्रतियोगिता कात्तिक १५ देखि २९ गतेसम्म चल्नेछ ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर सहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।

Batas

हरेक वर्ष एक सिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले चार लाख ९९ हजार ५ सय ५५ रुपैँयाका साथ आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार रुपैँया र द्धितीय हुनेले दुई लाख ५० हजार ५ सय ५५ रुपैँया पुरस्कार स्वरुप पाउने छन् ।

यसैगरी उत्कृष्ट खेलाडीलाई पाँच हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार सहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रति खेल तीन हजारका दरले उपलब्ध गराइने छ ।

गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकूद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

पोखरीमा गोही भेटियो

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ । बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो ।

उक्त गोहीलाई आज सम्बन्धित निकायको उपस्थितिमा पोखरीबाट निकालिने र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको स्थानीय गोपाल पाण्डेले जानकारी दिए ।
पश्चिम नवलपरासीमा पछिल्लो पटक विभिन्न नदीनाला तालतलाब क्षेत्रमा गोही फेला पर्ने क्रम बढ्दै गएको छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.