www.tandavnews.com
Fact ~ In search of truth

पिपिएलमा एक्स्पर्टको सफाई

पोखरा ।

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा दर्शकले फालेका फाहोर मैलालाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले सफाई गरेको छ ।

प्रतियोगिता अवधिभर दर्शकले फालेका पानीका बोटल, प्लाष्टिकका कप लगायतका फोहरलाई एक्स्पर्टले हिजो सफाई गरेको हो । सफाई का क्रममा पिपिएलको क्रिकेट मैदानबाट करिब १५ बोरा फोहर संकलन गरिएको एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

Batas

एक्स्पर्टका ग्लोबल प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्मा, ग्लोबल निर्देशक बद्री अर्याल, कन्ट्री म्यानेजर शरदराज पाठक, पोखराका निर्देशक रमेशकुमार थापा, ब्रिजबेनका निर्देशक सागर अर्याल, मेल्वनका निर्देशक शरोज शर्मा लगायत एक्स्पर्टका कर्मचारीहरु सरसफाईमा सहभागी थिए ।

सरसफाईमा विशेष चासो दिनुपर्छ भन्ने मान्यताले एक्स्पर्टले कार्यक्रम गरेको थापाले बताए ।एक्स्पर्टको सामाजिक कामबाट आफू प्रभावित भएको कार्यक्रममा सहभागी दर्शक नरेश थापाले बताए । सोही अवसरमा एक्स्पर्टले पिउने पानी, छाता र टोपी दर्शकलाई निःशुल्क वितरण गरेको छ ।

एक्स्पर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदैँ आइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.