www.tandavnews.com
Fact ~ In search of truth

बुम बुम ब्लास्टर्स : पोखरा पल्नटलाई हराएर बुटवल शिर्ष स्थानमा

पोखरा
ताण्डव न्यूज ।

पोखरामा जारी पोखरा प्रिमियर लिग पिपिएलको तेस्रो दिनको खेलमा पनि सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले दोस्रो जित हात पारेको छ ।

बुटवलले आइतबार दिउँसो भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो । जितसँगै बुटवल पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा पुग्यो ।

Batas

बुटवलले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रनमै रोकियो । पोखराका आसिफ सेखले २० तथा कप्तान शरद भेषावकरले १९ बाहेक अन्यले माथिल्लो स्कोर बटुल्न सकेनन् ।

बुटवलका सोमपाल कामी, विपिन खत्री, ललितसिंह भण्डारी र रोहन मुस्तफाले २–२ विकेट लिए । यस्तै सागर पुनले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

भीम सार्कीले अर्धशतक पारी खेल्ने क्रममा ४६ बलमा ५४ रन जोडे । उनले तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै बुटवलका लागि विदेशी खेलाडी यूएईका कप्तान रोहन मुस्तफाले ४५ रन जोडे। ३५ बल खेलेका रोहनले ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान सोमपाल कामीले ८ बलमा २२ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।

पोखराका मोहम्मद नाभिदले तीन तथा महबुब आलम, ललितनारायण राजवंशी र शरद भेषावकरले एक एक विकेट लिएका थिए । प्रतियोगिताको चौथो दिनको खेलमा सोमबार विहान विराटनगर टाइटन्सविरुद्ध हुलास काठमाडौं रोयल्स र दिउँसो चितवन रोयल्सविरुद्ध पोखरा पल्टन मैदान उत्रनेछन् । उक्त खेलमा विराटनगर गर या मरको स्थितीमा मैदान उत्रनेछ ।

उक्त खेल नजिते सन्दिप लामिछानेको विराटनगर प्रतियोगिताबाट बाहिरीनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.