www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः बढ्दै संक्रमणबाट मृत्यु हुनेको संख्या, पोखरा महानगरका ४ सहित ९ जनाको मृत्यु

४७४ जनामा संक्रमण पुष्टि हुदाँ ६०९ जना संक्रमणमुक्त

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढेको छ । स्वास्थ्य निदेशनालयले दिएको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा आज ९ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा पोखरा महानगरका मात्रै ४ जना, नवलपरासीका २, तनहुँका २ र गोरखाका १ जना रहेको निर्देशनालयले जनाएको छ । हिजो पोखरा महानगरका मात्रै ७ संक्रमितले ज्यान गुमाएका थिए ।प्रदेशमा हालसम्म १ हजार १ सय ७० संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

आज प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै छ । प्रदेशमा ४७४ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६०९ जना संक्रमुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १८८ जना, म्याग्दीका १७, पर्वतका ३,गोरखाका ५४, लमजुङका १८,तनहुँका १७, बागलुङका ५१, स्याङ्जाका ६१ र नवलपरासीका ६५ जना रहेका छन् ।

२३८ महिला र २३६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७४हजार ९८९ पुगेको छ ।
प्रदेशमा हालसम्म ६७ हजार ५१६ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ६ हजार ३०६ सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.