www.tandavnews.com
Fact ~ In search of truth

पोखरा लगायत पाँच शहरबाट एकैसाथ बुलबुलको ‘खुद्राखाद्री’ गीत रिलिज (भिडियाे)

पोखरा
ताण्डव न्यूज ।

चलचित्र बुलबुल युनिटले खुद्राखाद्री बोलको गीत आज सार्वजनिक गरेको छ ।

टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । गीत सार्वजनिक कार्यक्रम नेपालका पाँच सहरमा एकसाथ भएको हो ।

Batas

काठमाडौको काठमाडौं मल अगाडि, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा ४ बजे एकै समयमा डान्सरहरुसहित सार्वजनिक गरियो ।

बजारमा नाचे सँगै युट्युव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक भएको छ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित गीतको कोरियोग्राफीक विराज गहतराजले गरेका हुन । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले गीत छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावी गरे ।

सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का छ ।

हेर्नुहाेस् भिडियाे

 

निर्देशक विनोद पौडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र थप केही सशक्त नयाँ कलाकार चलचित्र उद्योगले पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

चलचित्रमा अविरल थापा लगायतको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् ।

चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज हुने सार्वजनिक गरिसकेको छ भने त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भईसक्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.