www.tandavnews.com
Fact ~ In search of truth

मंसिरमा शंकरले ल्याए पञ्चेबाजाको गीत ‘तिम्रो बिहेको निम्तो’

पोखरा,
ताण्डव न्यूज

पछिल्लो समय लोकसंगीतमा रुचाइएका गायक शंकर पन्तले नयाँ गीत सार्वजानिक गरेका छन् । मंसिरको महिनाको अवसरमा पञ्चेबाजाको गीत ‘तिम्रो बिहेको निम्तो’ बजारमा ल्याएका हुन् ।

शंकर पन्त र देवी घर्तिको स्वर रहेको गीतलाई रमेश बिजीले लय÷शब्द संकलन गरेका छन् ।

Batas

मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका छन् । गीतको सम्पादन नविन घर्ति मगरको रहेको छ । भिडियोमा गायक शंकर पन्तको अलवा राजु ढकाल, अनु पराजुली र काजल गुरुङले अभिनय गरेका छन् ।

भिडियोलाई देवी घर्ति राजु ढकालको अफिसियल यूटुव च्यानलबाट सार्वजानिक गरिएको छ । गीतमा आफ्नो प्रेमीकाको बिहेको निम्तो पाएर दुलही बनेको हेर्न गाएको भावलाई प्रस्तुत गरिएको छ ।

गीतमा भनिएको छ ;
आसु धारा थाम्दानी दर्किए,
शिरभरेको हेरेर फर्किए । तिम्रो बिहेको निम्तो पाएको, मेरी भइनौं अर्कैकी भएनी तिमी दुलही भएको हेर्न आएको ।’

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.