www.tandavnews.com
Fact ~ In search of truth

पतझड रुखमुनी गगनको गर्जन : भन्छन् ‘यो ट्रेलर मात्रै हो’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सरकारको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर आन्दोलन गरिरहेको छ । केपीशर्मा ओली नेतृत्वको सरकारले देशमा अधिनायकवाद लादेको आरोपसहित सोमबार कांग्रेसका नेता कार्यकर्ता देशभर सडक तताए ।

पोखरामा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ । १२ बजेबाट सुरु गरिएको र्याली पृथ्वी चोकबाट सभागृह, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल पुगेर कोणसभामा परिणत भएको थियो ।

Batas

कोणसभा स्थल महेन्द्रपुल चोकमा रहेको राजवृक्षको रुखमुनि सम्पन्न भएको थियो । नेता वक्ताहरुकालागि त्यहि पतझड रुखमुनि स्टेज निर्माण गरिएको थियो ।

सोही स्टेजबाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले कांग्रसको यो कार्यक्रम ट्रेलर मात्रै भएको बताए । ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ । हामीले चलचित्र देखाउन बाँकी नै छ । यो टे«लर मात्रै हो । यो सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ ’ उनले भने ।

सभामा उनले चित्रबहादुर केसी पनि सम्झिए । भने ‘नेपालमा संघीयता सबै भन्दा मन नपराउने मान्छे चित्र बहादुर केसी हो । उहाँ सबैभन्दा इमान्दार हुुनुहुन्छ । उहाँले भोट माग्दै गर्दा पनि संघीयता काम छैन भनेर माग्नु भो । तर, जनताको बीचमा आएर संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओली यस कारणले इमान्दार होइन बेइमान हुनुहुन्छ । किनकी नेपालको संघीयता मास्नको लागि आजको दिनको कोही उद्दत छ भने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ ।’

उनले भेनेजुयलाको बारेमा बोल्नै नपर्ने विषयमा बोलेको भन्दै विरोध पनि गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.