www.tandavnews.com
Fact ~ In search of truth

सरकारी सवारी नेविसंघले नियन्त्रणमा लिएपछि प्रहरीको स्कर्टीङ

पोखरा
ताण्डव न्यूज ।

विद्यार्थी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघले नियन्त्रणमा लिएको सरकारी सवारी प्रहरीले स्कर्टीङ गरेको छ । नेविसंघले आज विहान छोरेपाटनमा सरकारी सवारी नियन्त्रणमा लिएको थियो ।

‘हाम्रा साथीहरुलाई झुटा मुद्धा लगाएर फसाउन खोजीदैँछ । साथीहरुमाथी लगाइएको मुद्धा खारेजी र रिहाइ हाम्रो माग हो’ नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।

Batas

नेविसंघले नियन्त्रणमा लिए लगत्तै वडा प्रहरी कार्यालय बैदामले स्कर्टीङ गरेर सम्बन्धीत कार्यालयहरुमै सवारीहरु पुर्याएको थियो । बिदाको दिन सरकारी सवारी चलाइएको भन्दै नेविसंघले गत शनिबार पोखरा महानगर शिक्षा शाखाको गाडीमा आगजनी गरेको थियो ।

आगजनीमा संलग्न भएको भन्दै ५ नेविसंघ सम्बद्ध विद्यार्थी पक्राउ परेका थिए ।  पक्राउ परेका मध्ये २ जना छुटेका छन् भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.