www.tandavnews.com
Fact ~ In search of truth

फागुन २ देखी पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता हुने

पोखरा ।

यही फागुन २ देखी ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका लायन्स क्लबहरुबीच दोस्रो संस्करणको फुटबल प्रतियोगिता हुन लागेको डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष डिष्ट्रिक बाहेका क्लबहरुलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएको उनले बताए ।

पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको बिजेता टिमले ५५ हजार ५सय५५ रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगितामा करीब २० टिमको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । प्रतियोगितालाई सम्पन्न गर्न पौडेलको संयोजकत्वमा विभिन्न ४४ वटा उपसमिति गठन गरि तयारी तीव्र पारिएको बताईन्छ ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख २८ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.