www.tandavnews.com
Fact ~ In search of truth

‘प्रत्येक दिन भ्यालेन्टाइन्स डे जस्तो लाग्छ’

पाेखरा
ताण्डव न्यूज ।

१) भ्यालेन्टाइन्स डे बारे कहिले थाहा पाउनुभयो ?

ठयाक्कै कहिले थाहा भो त याद भएन । २०५८/०५९ सालतिर हो कि जस्तो लाग्छ ।

Batas

२) भ्यालेन्टाइन्स डे को अवसर पारेर कसैले प्रपोज गरेका छन् कि छैनन् ?

भ्यालेन्टाइन डे मा नै चाहि कसैले प्रस्ताव गरेका छैनन् ।

३) अहिलेसम्म कतिजनाले प्रपोज गरे ?

गनेको छैन । प्रत्यक्ष, अप्रत्यक्ष प्रस्ताव गरेर दर्जनौ पुगे होलान् । छोरा दश वर्ष पुगिसक्दा पनि यदाकदा प्रेम प्रस्ताव आउने क्रम चाहि रोकिएको छैन ।

४) भ्यालेन्टाइन डे मा के छ स्पेसल प्लान ?

त्यस्तो केही छैन । प्रेमीहरुको निम्ति हर दिन नै प्रेमको नयाँ दिन हुन्छ । मलाई त प्रत्येक दिन नै भ्यालेन्टाइन्स डे जस्तो लाग्छ ।

५) भ्यालेन्टाइन्स डे ले विकृति ल्यायो भन्छन् नि ?

मलाई चाहि त्यस्तो लाग्दैन । फेब्रवरी सुरु हुनासाथ अर्कै खालको भिन्न रोमाञ्चकता सुरु हुन्छ । भ्यालेन्टाइन डे ले ल्याउने प्रेमिल रौनकता र प्रेमको माहोल मनपर्दो लाग्छ । अब अलिअलि विकृति त हर पर्वसँग जोडिएकै हुन्छ । नकरात्मकभन्दा सकरात्मक पाटो अत्याधिक बढी छ भने किन पो चिन्ता लिनु !

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.