www.tandavnews.com
Fact ~ In search of truth

‘द म्यान फ्रम काठमाण्डौँ’ले अन्तर्राष्ट्रिय बजार पाउने अपेक्षा

पोखरा,
ताण्डव न्यूज ।

पेमा धोन्डुपले निर्देशन गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डौँ’ प्रर्दशनमा आउने भएको छ ।चैत १ गतेदेखि प्रर्दशन हुने फिल्मको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता नकिम उद्धिमले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तार गर्ने उद्देश्यले नेपाली संगै विदेशी कलाकारहरुलाई एकसाथ अभिनयमा देखाउन खोजेको बताए ।
‘फिल्म नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गरिएको छ,’ उनले भने, ‘यस्तो फिल्मले अन्तर्राष्ट्रिय बजार पाउन सकिन्छ ।’

Batas

‘सानो संसार’ फिल्मबाट डेब्यू गरेका कलाकार कर्म शाक्यले फिल्ममा नेगेटिभ क्यारेक्टरको अभिनय रहेको बताए ।‘सुटिङ धेरै मनोरञ्जन गरियो,’ उनले भने, ‘हलिउड तथा बलिउड कलाकारहरु संगै काम गर्दा पाउँदा धेरै अनुभव लिन सकियो ।’ नेपाली चलचित्रमा फरक किसिमको कथा वस्तु देख्न सकिने कलाकार आना शर्माले जानकारी दिइन् ।

५ करोड लागतमा निर्माण भएको फिल्मको सुटिङ अमेरिका र काठमाण्डौँमा गरिएको थियो ।फिल्ममा अमेरिकाका कलाकार जोसे म्यानुअल, पाकिस्तानी कलाकार हमिद शेख, बलिउड कलाकार गुल्सन ग्रोभरका साथमा नीर शाह, कर्मा, आना शर्मा, अमिर गौतम, शिशिर वाङ्देल, कविता मानन्धर, मिथिला शर्मा लगाायतका कलाकारहरुले अभिनय गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.