www.tandavnews.com
Fact ~ In search of truth

पोखरा तालवेशीबाट अवैध हातहतियारसहित चार जना पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

रुपा गाउँपालिका–७ तालवेंशी तथा सौर्यवासका विभिन्न स्थानबाट हातहतियार सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ५५ वर्षीय नारायण बहादुर गुरुङ, ४८ वर्षीय डिल बहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई सोमबार पक्राउ गरेको हो ।

अवैध रुपमा हातहतियार लुकाएछिपाई राखेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी गोविन्द पुरीले जनाए । पुरीका अनुसार दुई थान १२ बोर राईफल र तिन थान भरुवा बन्दुक सहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबै जना उपर थप अनुसन्धान भईरहेको पुरीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.