www.tandavnews.com
Fact ~ In search of truth

हिन्दू संस्थाहरुको प्रश्न : श्रद्धाञ्जली सभा भन्ने कि ७ दिने किरिया कर्म ?

पोखरा
ताण्डव न्यूज ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन रबिन्द्र अधिकारीको मृत्यु भयो । शवलाई घटनास्थलबाट दोस्रो दिन मात्र काठमाडौं लगिएको थियो ।

काठमाडौँमा श्रद्धाञ्जली सकिएपछि तेस्रो दिन गृह नगर पोखरामा अधिकारीको पार्थीव शरिर राजकीय सम्मानसहित अन्तयष्टि गरियो ।र, काजकिरिया ७ दिनमै सक्ने जनाइए अनुसार मंगलबार सकियो ।

Batas

यसै विषयलाई लिएर विश्व हिन्दू महासंघ लगायत १६ धार्मीक संस्थाहरुले आपत्ती जनाएका छन् । आम जनमानसमा संस्कार सुधारको नाममा ७ दिनमा कुनै पनि कर्म नगरेको भन्दै संस्थाहरुले आपत्ती जनाएका हुन् ।

कर्म गर्ने नगर्ने ब्यक्तिगत स्वतन्त्रताको कुरा भएपनि राजनीतिक दल, सिद्धान्त र अग्रज ब्यक्तित्वको आडमा धर्मसंस्कारमाथि तोडमोड र भ्रम फैलाउने प्रपञ्ज रचिएको भन्दै उनिहरुले खेद ब्यक्त गरेका छन् ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जारी विज्ञप्तीमा भनिएको छ ‘के ९ महिना गर्भमा राखेर जन्माएको आमा र कर्म दिने बाबुको किरियाकर्म गर्न १३ दिन बढी भएको हो ? यो क्रियाकलापप्रति भित्रि रहस्य अरु केही छ कि ? होली वाइन कै दास्रो रुप त होइन ? श्रद्धाञ्जली सभा भन्ने कि ७ दिने किरिया कर्म ?’

रबिन्द्र पत्नी विद्या भट्टराइले भोटकै लागि पहेँले टिका र कालो तिलक लगाएको हो की ? भन्ने प्रश्न पनि उनिहरुले उठाएका छन् । ‘भाषणको क्रममा विद्या भट्टराई ज्यूल

‘पहेँलो टिका र कालो तिलक लगाई आम सर्वसाधारण जनतामार्फत प्रस्तुत भई हिन्दु संस्कारमा छौँ भनी भोटको राजनीति गर्न खोज्नु भएको त होइन ?’ विज्ञप्तीमा उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.