www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको १३ औँ पुण्यतिथिमा सरसफाइ

काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो ।

मन्त्री अधिकारीसहित दिवङ्गत सातैजनाको सम्झनामा सरसफाइ, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थल परिसरमा मन्त्री अधिकारीलगायतको सम्झनामा रुद्राक्षको बिरुवा रोपेका थिए।

सोही अवसरमा विमानस्थल गेट बाहिरका बस्तीका घरमा पुगेर देशको मुहार विमानस्थल र पवित्र धार्मिकस्थल पशुपति क्षेत्रको सरसफाइ गरौँ भन्ने सन्देशसहित माइकिङ गरिएको महाप्रबन्धक क्षेत्रीले बताए ।

ताप्लेजुङको पाथिभरा पुगेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना परी मन्त्री अधिकारीसहित सातको मृत्यु भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.