www.tandavnews.com
Fact ~ In search of truth

ब्राउनसुगर र नाइट्रोभ्याट सहित पोखरामा ३ जना पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा लागू औषध कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १२ चापापानि मा लागू औषध बिक्रि बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कारोबारीलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा सप्तरी जिल्ला घर भई हाल चापापानिमा बस्ने २१ वर्षीय अजय मण्डल, चापापानिमै बस्ने २७ वर्षीय सक्षम गौतम,बाके कोहलपुरका २२ वर्षीय सुरज सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

उनीहरुको साथबाट ब्राउनसुगर ५.५ ग्राम,नाईट्रोभ्याट ८ ट्याप्लेट,र नगद १८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.