www.tandavnews.com
Fact ~ In search of truth

सिंगल क्याब डी म्याक्स पोखरामा लञ्च

पोखरा,
ताण्डव न्यूज ।

जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता रेज मोटर्स प्रा.लि.ले पोखरामा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडी लञ्च गरेको छ ।

सिंगल क्याब डी म्याक्स गाडी रेज मोटर्सको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको आतिथ्यतामा पोखरा नयाँबजारस्थित सोरुममा आज बुधबार लञ्च गरिएको हो ।
यो गाडीको बजार मूल्य हाल २४ लाख ९० हजार कायम गरिएको छ ।

जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै यन्जित उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ । ‘पौरखीको सवारी पुरा गर्छ जिम्मेवारी ’ थिम लिएर नेपाली बजारमा यो गाडी भित्राइएको रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए ।

यो गाडीमा ३ टन सम्म सामान ओसारपसार गर्न सकिन्छ । २५ सय सिसी क्षमताको इन्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागी समेत निकै उपयोगी मानिएको छ । ‘कच्ची बाटोमा सामानसहित गुड्न सक्ने भएकाले व्यवसायिक प्रयोजनका लागी यो गाडी निकै उपयुक्त छ,’ प्रबन्ध निर्देशक चालिसेले भने ।

कम्पनीका अनुसार सिंगल क्याब डी म्याक्स डेकको लम्बाई ८ फिट र चौडाइ साढे ५ फिट छ । यो गाडी स्प्ल्यास ह्वाइट,टाइटेनियम सिल्भर,अब्सिडियन ग्रे र अर्किड ब्राउन गरी ४ कलरमा उपलब्ध छ ।
रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त सुविधासम्पन्न गाडी समेत बिक्रि गर्दै आएको छ ।

भरपर्दो इञ्जिन भए पनि अरु गाडीको तुलनामा निकै सस्तो रहेको दाबी कम्पनीको छ । सामानसहित परिवारसमेत अट्नसक्ने यो गाडीको मुल्य नेपाली बजारमा ४१ लाख रुपैयाँ छ । फोर ह्विलसमेत भएको इसुजुकै डबल क्याब जीपको भने ६५ लाख रहेको छ ।

नेपाली ग्राहकको मन जितेको इसुजु मक्स पनि रेज मोटर्सले पोखराबाट पनि बिक्री गर्दे आएको छ । ७ सिट क्षमताको ग्राउन्ड क्लियरेन्स २ सय ३५ एमएम भएको यस गाडीमा अटो गियरको सुविधासमेत रहेको निर्देशक चालिसेले जानकारी दिए । यसको बजार मुल्य १ करोड ३७ लाख रहेको छ ।

पोखरामा सोरुम खुलेको १५ महिनामो अवधिमा इसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्रिभएको चालिसेले बताए । आगामी दिनमा ग्राहकको चाहना अनुसारका बिक्रि र सेवासुविधा थप गर्दै जाने कम्पनीले जनाएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ कास्कीका अध्यक्ष दामोदर अधिकारी,नेपाल खाद्य संस्थान नेपालका अध्यक्ष प्रकाश के.सी ,पश्चिमाञ्चल अटोमोबाईल डिलर एसोसियसनका अध्यक्ष चन्द्र बहानदुर कुँवरको उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.