www.tandavnews.com
Fact ~ In search of truth

छोराको स्मृतिमा विद्यालयलाई पाँच लाख

गलकोट ।

जिल्लाको बागलुङ नगरपालिका–६ लहरेपिपल माध्यमिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमीले छोराको स्मृतिमा पाँच लाख सहयोग प्रदान गरेका छन् । पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले छोरा कृष्णप्रसाद सापकोटाको स्मृतिमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले आगामी शैक्षिक सत्रदेखि आवासीय सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सञ्चालन गरेको सहयोग अभियानमा छोराको स्मृतिमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए ।

Batas

रोजगारीका क्रममा गत वर्ष जापानमा कृष्णप्रसाद सापकोटाको सडक दुर्घटनामा परी निधन भएको थियो । छोराको शैक्षिक गुणस्तरप्रतिको सपनालाई साकार पार्न आफूले सहयोग गरेको पिता शिवप्रसाद सापकोटाले बताए । विद्यालयले कक्षा ४ सम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने टाढाटाढाका विद्यार्थीलाई विद्यालयमा ल्याउन स्कूल बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

विद्यालयले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम हुने भन्दै शहरका निजी शैक्षिक संस्थामा अध्यापन गराउँदै आएका अभिभावकलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा फर्काउन आग्रह गरेको छ । “विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा परिचित गराउन सहयोग सङ्कलन अभियान सञ्चालन गरेका छौँ”, प्रधानध्यापक सुवेदीले भने, “जिल्लाकै नमूना विद्यालय बनाउन सबैको सहयोगको अपेक्षा छ ।”

नमूना विद्यालय सञ्चालनका लागि विद्यालयले यही चैत्र १० गतेदेखि स्वेच्छिकरूपमा सहयोग सङ्कलन अभियान सञ्चालन गर्दै आएको छ । अभियानबाट हालसम्म शिक्षाप्रेमी, समाजसेवी तथा अविभावकबाट १५ लाख सहयोग सङ्कलन भइसकेको विद्यालयका शिक्षक महेश्वर आचार्यले जानकारी दिए । गरीब बालबालिकाले निःशुल्क गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावक घरदैलो सहयोग सङ्कलन अभियानमा उत्साहका साथ सहभागी बनेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.