www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष श्रेष्ठ र सुबेदीमाथि तेस्रो पटक म्याद थप

पोखरा
ताण्डव न्यूज ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआइसी एसिया बैंक पस्र्याङ शाखा प्रमुख सुवास सुबेदीलाई तेस्रो पटक म्याद थप गरि कास्की प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

किशोरी बलात्कारको आरोपमा परेका श्रेष्ठ र यौन र्दुव्यवहारको आरोपमा परेका सुबेदीलाई कास्की प्रहरीले आइतबार ५ दिनको लागि म्याद थप गरि अनुसन्धान अघि बढाएको हो ।

Batas

आइतबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

‘उनीहरुलाई हिरासतमा लिएको १८ दिन भयो,’ उनले भने, ‘हिजो आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद थप गरेर अनुुसन्धान अघि बढाएका छौं ।’ डिएसपी गुरुङका अनुसार अबको ३–४ दिन भित्र अदालतको प्रक्रियामा अघि बढ्छ ।

१६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र र्दुव्यवहारको आरोपमा सुबेदीलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ ग¥यो । त्यसपछि पहिलो पटक ६ , तेस्रो पटक १० दिन गरि आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद गरिएको हो ।

याे पनि

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बलात्कारको आरोपमा पक्राउ

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.