ताण्डव न्यूज, पोखरा ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष एकलतर्फ गण्डकी प्रदेशका अमृत थापा मगरले स्वर्ण जितेका छन् ।
शनिबार भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ३–१ को सेटमा पाराजित गर्दै स्वर्ण जितेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको खेलमा अमृतले प्रवीणलाई ११–५, ३–११,११–७ र ११–४ को सेटमा हराएका हुन् ।
पुरुष एकलमा प्रविणले रजत जिते भने प्रदेश ३ का राजेन्द्र शाक्य र प्रदेश २ का दीपक थापाले कास्य मा चित्त बुझाए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.