www.tandavnews.com
Fact ~ In search of truth

बतासको मनी पावर ! आफ्नो विरुद्ध समाचार आएपछि प्रहरी सेटिङमा पत्रकार पक्राउ

पोखरा
ताण्डव न्यूज ।

पोखरामा बतास भन्ने वित्तिकै नचिन्ने मान्छे कमै होलान । पोखरामा विशेष गरि व्यवसायको क्षेत्रमा बतास परिवारले एउटा गौरवमय इतिहास बनाएका छन् । त्यही परिवारका एक विपेन्द्रराज बतासलाई अहिले बदमासी गरेको आरोप लाग्यो ।

केही वर्षअघि रकम लिनदिनेको सम्झौता गरी रकम नदिइ ठगि गरेको आरोप पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले लगाएका थिए । उनिहरुले ताण्डव न्यूजलाई दिएको प्रमाणको अधारमा ताण्डवका सम्पादक अर्जुन गिरीले समाचार प्रकाशन गरे ।

Batas

आफ्नो विरुद्ध समाचार प्रकाशन भइसकेपछि अत्तालिएका विपेन्द्र बतासले केहि पत्रकारकै सल्लाहमा उजुरी दिए, ‘साइबर क्राइम’मा । समाचारबारे उजुरी गर्ने निकाय प्रेस काउन्सील हुँदाहुँदै सिआइबीले केस किन दर्ता गर्यो ? यो प्रश्नको विषय बनेको छ ।

यसबारे प्रतिक्रिया दिँदै सम्पादक गिरीले विपेन्द्र बतासले प्रहरीलाई आर्थिक प्रभावमा परि फसाउन खोजेका बताए । ‘बतासले प्रहरीलाई आर्थिक प्रभाव पारी मलाई फसाउन खोजेका हुन् ’ उनले भने ।

बतास ठूला व्यवसायी भएकै कारण यो केस सिआइबीसम्म पुग्न सम्भव भएको प्रहरी श्रोतले बतायो । श्रोतले भन्यो ‘यो ठूलाठूला बिचको कुरा हो । टाउके टाउके बिचको कुरा हामीले बुझ्नै सकिन्न । प्रेस काउन्सील हुँदाहुँदै सिआइबीमा यो उजुरी पर्नु नै गलत हो ।’

पत्रकार गिरीलाई पक्राउ गरिएको प्रति विभिन्न पत्रकार संघसंस्थाहरुले निसर्त रिहाइको माग गर्दे आपत्ति जनाएका छन् ।

याे पनि पढ्नुहाेस्

बताससँगको मिटिङमा ‘समाचार हटाउन’ भनिएको थियो

समाचार लेखेकै भरमा ताण्डवका सम्पादक गिरीलाई पक्राउ, पत्रकार निकटका संघसंस्थाको आपत्ति

ठग ! बदमास विपेन्द्रराज बतास

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.