पोखरा ।
खेलकुद विकास समिति पोखरा महानगरपालिका वडा नम्बर २१ द्धारा आयोजित दोस्रो टोल तथा क्लब स्तरिय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागी खेलकुद पर्यटन विकासका लागी खेलकुद’भन्ने मुल उद्घोषका साथ जनचेतन मा.वि. निर्मलपोखरीमा वैशाख ६ र ७ गते सम्पन्न कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापाले गरे । उक्त प्रतियोगितामा ठुलाचौर युवा क्लब प्रथम भएको थियो भने ठकुरी गाउँ युवा क्लब द्धितिय हुन सफल भएको छ ।
प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । साथै पोखरा –२१ बाट उत्पादन भई राष्ट्रिय स्तर सम्म पुगेका खेलाडी ÷प्रशिक्षक÷ रेफ्रिहरु देवराज सुनार, रामचन्द्र गिरी, ध्रुव कार्की, जिवन रानामगर, याम बहादुर सारु, विजय आले, अजित गिरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्ण थापाले खेलकुदको क्षेत्रमा २१ नम्बर वडाले आफुलाई सबल बनाउँदै लगेको र खेलकुदको माध्यमबाट पर्यटनको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रमका विशेष अतिथी वडा अध्यक्ष खगराज आचार्यले खेलकुदको विकासको विकास वडाको प्राथमिकतामा रहेको बताए ।
खेलकुद विकास समिती पोखरा –२१ का अध्यक्ष नारायण बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ने.क.पा कास्कीका युवराज पौडेल, हिरा गिरी, झपट रानाभाट, श्रीराम सुवेदी, प्रकाश पौडेल लगायतले आफ्नो भनाई राखेका थिए। भक्त बहादुर गुरङ्ग ‘सिवास’ले स्वागत तथा कार्यक्रमको सञ्चालन सचिव बिजय पौडेलले गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.