www.tandavnews.com
Fact ~ In search of truth

पार्टी बचाउन सामुहिक प्रयास आवश्यकः काँग्रेस नेतृ कोइराला

पोखरा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।”

Batas

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेतृ कोइरालाले काँग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उनले भनिन्, “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनले जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.