पोखरा
ताण्डव न्युज ।
गण्डकी प्रदेश सरकारले सांसदहरुले आफ्नो हिसाबले खर्च गर्न पाउने गरी २ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आगामी वर्षको बजेटबाट गण्डकी सरकारले सांसदहरुलाई २÷२ करोड रुपैयाँ प्रदान गर्न लागेको जानकारी गराएका हुन् ।
सरकारले पहिलो पटक बजेट ल्याउने बेलैमा गण्डकी प्रदेशका सांसदहरुले संघ सरकारले प्रदान गर्ने जस्तै निर्वाचन क्षेत्र पुर्वाधार विकास शिर्षकमा बजेट माग गरेका थिए । सरकारका अर्थमन्त्री किरण गुरुङले त्यतिबलै यसलाई नीति बनाएर आगामी वर्षको बजेटमा समाबेश गरिने बाचा गरेका थिए ।
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
‘सांसदहरुको माग पनि हो, सबै प्रदेशले दिन लागेकाले हामीले पनि दिन लागेका हौँ,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘सांसदसँग जनताको माग धेरै हुने रहेछ, पानी बनाईदिनुपर्यो, कुलो, भवन बनाईदिनुपर्यो, व्यक्तिलाई बजेट दिने, योजना दिने कुरा राम्रो सिस्टम त होईन । तर, हाम्रा माननीयहरुले साह्रै धेरै असन्तुष्टि जोहर गरे, अन्य प्रदेश पनि हेरे, अथाह अथाह पैसा सुविधा दिएको छ, हामीले सुविधा पनि कटौती गरेका छौँ, धेरै दिएका छैनौँ, सुविधा समयानुकुल पनि हुनुपर्यो, बढि भड्किलो, ओजिलो चाहिँ हुनु भएन ।’
यस बजेटलाई मुख्यमन्त्री गुरुङले राम्रो काममा प्रयोग गरेर आलोचना हुने काम नगर्न पनि सचेत गराए । उनले गण्डकी प्रदेशमा आलोचना नहुनेमा विश्वास पनि ब्यक्त गरे ।
उक्त रकम प्रत्यक्ष निर्वाचीत तथा समानुपातिकका सबै सांसदले पाउनेछन् । त्यसको कार्यविधि बनाउने तयारी सरकारले थालेको छ । केन्द्र सरकारको जसरी नै प्रत्यक्ष निर्वाचित र समानुपातिकका सांसदले आफुखुसी विकासमा खर्चन पाउने रकम भने घटबढ हुनेछ ।
सांसदहरुले उक्त दुई करोड रुपैयाँ कस्ता योजनामा खर्चन पाउने भन्ने बारे कार्यविधी बन्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले संघ र अन्य प्रदेशमा निर्वाचन क्षेत्र पुर्वाधार विकासको नाममा बजेट विनियोजन भएपछि गण्डकीले पनि उक्त कार्यक्रम लागु गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । आइतबार पनि उनले दोहो¥याउन भ्याए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.