www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगरका स्मार्ट कुरा ः कता पुग्यो, सार्वजनिक सवारीको स्मार्ट कार्ड ?

पोखरा,
विनिता सुनार ।

पोखरा महानगरले २०७६ साल लागेसँगै पोखरा महानगरभित्र चल्ने सार्वजनिक सवारीमा स्मार्ट कार्ड सहितको सेवा सुरु गर्ने बताउँदै भब्य कार्यक्रम नै ग¥यो । तर, सोही महानगर बैशाखमा उक्त सेवा दिन नसकेपछि अहिले जेठ महिना देखि स्मार्ट कार्डबाट यात्रुहरुले सेवा लिन पाउने भन्दै भाका सारेको छ । विद्युतीय टिकट प्रणाली जडान गर्ने पोखरा महानगर, बस व्यवसायिहरु र काठमाडौंको एनक्लाउड कम्पनीबीच चैतमा सम्झौता भएको थियो ।

विद्युतीय स्मार्ट कार्डको लागि तयारी भइरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताउँछन् ।
‘यहि बैशाख बाट सुरु हुने भनिएको अभियानको प्राविधिक कामहरु मिल्दै छन्,’ जिसीले भने, ‘त्यसको लागि महानगरबाट हुने काम पुरा भएको छ । अब बाँकी काम बस व्यवसायि र एनक्लाउड गु्रपबाट हुदैछ ।’

कार्डको लागि मेशिन चाइनाबाट आउने बताइएको छ । अहिले उक्त मेसिन आउन समय लागेकोले स्मार्ट कार्ड सहितको सेवा दिन ढिलो भन्दै महानगर पन्छिने गरेको छ ।

Batas

जेठसम्म उक्त मेसिन चीनबाट आउने र सेवा सुरु हुने नगर बस समितिका सचिव अमृत शर्माले बताए । ‘हामि प्रारम्भिक चरणमा छौ’ शर्माले भने, ‘डिभाइस आउन नै १५ दिन लाग्छ, डिभाइस आएसँगै गाडीका सहचालकहरुलाई पनि तालिम प्रदान गर्नेछौ ।’

पोखराका सञ्चालनमा रहेका झन्डै ८ सय सवारी साधनमा यो प्रविधिको सुरुवात हुने बताइएको छ । पहिले छोटो दुरीका सवारीमा जडान हुने स्मार्ट सेवा पछि पोखराबाट छुट्ने लामो दुरीका सार्वजनिक सवारीमा पनि जडान हुने पोखरा महानगरपालिकाले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.